• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

मन्त्रिपरिषद् बैठकबाट एकैपटक ८ जनाको विदेश भ्रमण स्वीकृति

प्रकाशित मिति

२०८२ भाद्र ४ गते, बुधबार ०५:३५

भदौ ४,२०८२ काठमाडौं – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एकैपटक दुई मन्त्रीसहित ८ जनालाई विभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुन विदेश भ्रमण स्वीकृति प्रदान गरेको छ।

National Life

सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार भदौ ३० र ३१ गते थाइल्यान्डमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठलाई स्वीकृति दिइएको छ।

यस्तै, असोज ७ देखि ९ गते इन्डोनेसियामा हुने कार्यक्रममा अख्तियारका सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई, कात्तिक १० देखि १४ गते इजिप्टमा हुने लेखापरीक्षण संस्थाहरूको महाधिवेशनमा महालेखापरीक्षक तोयम राय नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, कानुनमन्त्री अजयकुमार चौरसियालाई भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ। भदौ १७ र १८ गते थाइल्यान्डमा हुने सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणालाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई भदौ २५ देखि २८ गतेसम्म रसियामा हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ।

यसैगरी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई भदौ ३१ देखि असोज ७ गतेसम्म अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।

त्यस्तै, आदिवासी जनजाती आयोगका सदस्य शरण राईलाई हङकङमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय पनि भएको मन्त्री गुरुङले जानकारी दिए।

प्रतिकृया