• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

किन ओली–देउवाले आफ्ना सांसदहरुलाई आकस्मिक बोलाए सिंहदरबार ?

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ११:१०

भदौ ३,२०८२ काठमाडौं – सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आज (मंगलबार) अकस्मात सिंहदरबार बोलाइएको छ। दुवै दलका सांसदलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

National Life

संसदीय दलका कार्यालयहरूले कारण खुलाएनन्, तर कांग्रेस र एमालेका सांसदहरूले आफूहरूलाई अनिवार्य उपस्थित हुन फोन आएको जानकारी दिएका छन्। एमाले सांसद ठाकुर गैरेले साढे १० बजे बैठक बोलाइएको जानकारी दिएका छन्। कांग्रेसका सांसदहरूले १० बजेदेखि २–३ बजेसम्म कार्यालयमा आउन निर्देशन आएको बताए।

कांग्रेसका केही सांसदले भनेका छन् कि बैठक हस्ताक्षर संकलनको लागि बोलाइएको संकेत रहेको छ। खासगरी उपसभामुख इन्दिरा रानालाई पद अनुसार आचरण नगरेको भन्दै हटाउने प्रस्तावमा हस्ताक्षर संकलन हुनसक्ने चर्चा सांसदहरूबीच फैलिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उपसभामुख रानाविरुद्धको विवादको पृष्ठभूमि उनीले आफ्नो लेटरहेड प्रयोग गरी केही नेपालीलाई अमेरिका लैजान दूतावासमा पत्र लेखेको घटनासँग जोडिएको छ।

प्रतिकृया