• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरे

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार १२:४३

भदौ १,२०८२ काठमाडौं—भारतीय विदेश सचिव विक्रम मिश्रीले आज बिहान काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सचिव मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन्। उनी सोही भ्रमणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका थिए।

National Life

भ्रमणका क्रममा मिश्रीले आजै सबै महत्वपूर्ण भेटवार्ता सम्पन्न गर्ने र सोमबार पशुपतिनाथको दर्शन गरी भारत फर्किने कार्यक्रम तय छ। मिश्रीको नेपाल भ्रमणको उद्देश्य प्रधानमन्त्री ओलीको भदौ ३१ गते प्रस्तावित भारत भ्रमणको तयारीसम्बन्धी छलफल गर्नु हो। आजको भेटवार्तामा भ्रमणका एजेन्डाका विषयमा पनि चर्चा भएको बताइएको छ।

प्रतिकृया