• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार १२:३४

भदौ १,२०८२ काठमाडौं—सागर डिष्टिलरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो। कम्पनीले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। आवेदन आज कार्यालय समयसम्म दिन सकिने छ।

National Life

सागर डिष्टिलरीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरका १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया