• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

राष्ट्र बैंकले फेरि ६० अर्ब निक्षेप संकलन गर्दै

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ११:५९

भदौ १,२०८२ काठमाडौं—नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेका अतिरिक्त तरलता व्यवस्थापन गर्न आज फेरि ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

National Life

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतममा ५ करोडको गुणकमा भाग गर्न सक्नेछन्।

निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदरका आधारमा हुने र बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

३१ दिने यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असोज १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया