• २८ भदौ २०८३, आइतबार
  • ६ः३२ बेलुका

अवैध लागूऔषधसहित एक युवती पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार ०३:२२

मकवानपुर, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एकजना युवती पक्राउ परेकी छन् ।

National Life

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली नगरपालिका–१ की २४ वर्षीया गीता राईलाई रहेकी छन् । उनलाई विहीबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको साथबाट ५ केजी लागूऔषध चरेस बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया