• ६ असोज २०८३, मंगलबार
  • १२ः५५ दिउँसो

नेपाल टेलिकमको आम्दानी सामान्य घट्यो, नाफा भने झन्डै ५९ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०८२ श्रावण ३१ गते, शनिबार ०९:४६

श्रावण ३१,२०८२ काठमाडौं—नेपाल टेलिकम लिमिटेड (NTC) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा सामान्य घटेपनि खुद नाफा भने उल्लेख्य रूपमा घटेको छ।

National Life

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको टेलिकमले गत आवमा ३४ अर्ब ५३ करोड रुपैयाँ मात्र सञ्चालन आम्दानी गर्न सक्यो। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ। यससँगै कम्पनीको कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट झरेर ३८ अर्ब ७३ करोड रुपैयाँमा पुगेको छ।

आम्दानी सामान्य मात्र घटेपनि कम्पनीको खुद नाफा भने झन्डै ५९ प्रतिशतले घटेको छ। चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेकाले नाफा घटेको हो। यस अवधिमा कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसा मात्र रह्यो। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ५९.१८ गुणा रहेको कम्पनीले जनाएको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा भने ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

प्रतिकृया