८ विकास बैंकले ५ अर्ब ६० करोडभन्दा बढी नाफा कमाए
प्रकाशित मिति
२०८२ श्रावण ३१ गते, शनिबार ०९:४१
काठमाडौँ – सञ्चालनमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवमा विकास बैंकहरूले जम्मा ४ अर्ब ५९ करोड ६२ लाख २५ हजार रुपैयाँ नाफा कमाएका थिए। बैंकहरूले सार्वजनिक गरेका अपरिस्कृत वित्तीय विवरणअनुसार आठ मध्ये ६ वटा बैंकको नाफा बढेको छ भने २ वटा बैंकको नाफा घटेको छ। यस अवधिमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक अर्ब क्लबमा प्रवेश गरेका छन्।
सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा रह्यो। बैंकले १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३०.७० प्रतिशतले वृद्धि हो।
त्यस्तै, गरिमा विकास बैंकको नाफा २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यसको नाफा ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ मात्र थियो।
यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ०.४८ प्रतिशतले बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ रहेको छ । यस्ते सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख ९५ हजार, महालक्ष्मी विकास बैंकको नाफा १.२६ प्रतिशतले बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा लुम्बिनी र ज्योति विकास बैंकको नाफा घटेको छ । लुम्बिनी विकास बैंकको नाफा ३०.१३ प्रतिशतले घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ रहेको छ भने ज्योति विकास बैंकको नाफा ९२.७४ प्रतिशतले घटेर १ करोड २३ लाख ७८ हजार रुपैयाँ रहेको छ ।






प्रतिकृया