• ४ साउन २०८३, सोमबार
  • ३:५८ बिहान

लक्ष्मी सनराइज बैंकको नाफामा ४०.९७ प्रतिशत वृद्धि

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार १०:१०

श्रावण २९,२०८२ काठमाडौं—लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँको तुलनामा ४०.९७ प्रतिशतले बढी हो।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँमा पुगेको छ। तर, सञ्चालन नाफा भने ३८.५५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ भएको छ।

Kamana Sewa

गत वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ। सेयरधनीलाई लाभांश दिने क्षमता १२ रुपैयाँ ३४ पैसा रहेको छ। प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा पुगेको छ।

Classic Tech Desktop

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४ करोड १ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिकृया