• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

भन्सार छलेर ल्याएको सामानमा घुस लिँदा सशस्त्र प्रहरी जवान रंगेहात पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ११:१४

श्रावण २७,२०८२ रुपन्देही — भन्सार छलेर ल्याइएको सामानमा घुस लिएर चेकपास गराउने क्रममा सशस्त्र प्रहरीका जवान यामबहादुर खत्री रंगेहात पक्राउ परेका छन्। रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट (बीओपी) मझगावामा कार्यरत खत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय टोलीले १५ हजार रुपैयाँ घुससहित साउन २६ गते पक्राउ गरेको हो।

अख्तियारमा प्राप्त सूचनाअनुसार, जवान खत्री भन्सार छलेर ल्याइने सामानमा घुस लिएर चेकपास गर्ने गरेको पाइएको थियो। सोही आधारमा निगरानी गर्दा सेवाग्राहीसँग १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

Kamana Sewa

प्रतिकृया