• ४ साउन २०८३, सोमबार
  • ३:४९ बिहान

अमेरिकाको ऋण ३७ ट्रिलियन डलर नाघ्यो

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार १२:५०

श्रावण २६,२०८२ काठमाडौ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्रको राम्रो अवस्था भनेर ठूलो दाबी गरे पनि देशको ऋण वृद्धि रोक्न असफल भएको देखिएको छ। अमेरिकाको सरकारी ऋण पहिलोपटक आधिकारिक रूपमा ३७ ट्रिलियन डलर नाघेको छ।

जुलाई ४ मा लागू भएको ‘वान बिग ब्युटिफुल बिल एक्ट’ पछि देशको ऋण ७८० अर्ब डलरले बढेको छ, जसले दैनिक औसत २२ अर्ब डलरको ऋण वृद्धिलाई संकेत गर्दछ। अमेरिकी मिडियाले यसलाई बढ्दो ऋण संकटको रूपमा उल्लेख गरेका छन्।

Kamana Sewa

कांग्रेसनल बजेट अफिसले २०३३ सम्ममा अमेरिकाको ऋण ५७ ट्रिलियन डलर पुग्ने चेतावनी दिएको छ। कोरोना महामारीपछि अमेरिकाको ऋण १४ ट्रिलियन डलरले बढेको छ भने हाल सरकारले लगभग एक वर्षमा १० ट्रिलियन डलर ब्याज र मूलधन तिर्नुपरेको छ।

Classic Tech Desktop

ट्रम्पले अर्थतन्त्र सुधार गर्ने दाबी गरे पनि ऋणको अवस्था निरन्तर भयावह बन्दै गएको छ। विशेषज्ञहरूले भनेको छ कि यदि यो अवस्था सुधारिएन भने सरकारसँग विकास कार्यका लागि बजेट नभई सम्पूर्ण पैसा ऋण चुक्ता गर्न जान सक्छ।

गत हप्ता मात्रै सरकारले ७२४ अर्ब डलर बराबरका बन्ड लिलामीमार्फत बिक्री गरेको थियो।

यसैबीच, अमेरिकाले भारत, ब्राजिल लगायतका देशबाट आयात हुने सामानहरूमा भारी शुल्क लगाएको छ। भारत र ब्राजिलका सामानहरूमा ५० प्रतिशतसम्म कर लगाइएको छ। ट्रम्पले यसबाट ठूलो राजस्व संकलन हुने र ऋण तिर्न सजिलो हुने दाबी गरेका छन्।

ट्रम्पले भनेका छन्, ‘मेरो मुख्य उद्देश्य ऋण चुक्ता गर्नु हो। हामी यति धेरै पैसा संकलन गर्दैछौं कि अमेरिकाका जनतालाई लाभांश पनि दिन सकिन्छ।’

प्रतिकृया