• २१ असोज २०८३, बुधबार
  • २ः०३ राती

कैलाली जिल्ला कारागारमा झडप, एकको मृत्यु, ४७ घाइते

प्रकाशित मिति

२०८२ श्रावण २४ गते, शनिबार ०९:५६

श्रावण २४,२०८२काठमाडौं–कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ, जसमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार मृत्यु हुनेमा धनगढी–४ का ४० वर्षीय भरत चौधरी रहेका छन्।

National Life

शुक्रबार राति करिब ११ बजे भएको झडपका क्रममा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरी लागुऔषध मुद्दामा थुनामा थिए। उनकाे शव अस्पतालको शवगृहमा राखिएको छ।

घटनामा घाइते भएका ४७ मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया