• २१ असोज २०८३, बुधबार
  • २ः३६ राती

नबिल इन्भेष्टमेण्टको दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ साउन ३० गतेदेखि निष्कासन

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार १०:२१

श्रावण २१ ,२०८२ काठमाडौं – नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले यही साउन ३० गतेदेखि आफ्नो दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ सार्वजनिक निष्कासन गर्ने भएको छ।

National Life

नेपाल धितोपत्र बोर्डले यस योजना अन्तर्गत जम्मा २ करोड ५० लाख इकाई निष्कासनका लागि साउन ८ गते अनुमति दिएको थियो। प्रत्येक इकाईको अंकित मूल्य १० रुपैयाँ तोकिएको छ।

जारी गरिने इकाईमध्ये ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २ करोड १२ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वसाधारणले न्यूनतम १०० इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। योजना छिटोमा भदौ ३ गते बन्द हुनेछ, तर आवश्यक मात्रामा आवेदन नपरेमा भदौ १३ गतेसम्म निष्कासन अवधि लम्ब्याइनेछ।

न्यूनतम ७५ लाख इकाईका लागि आवेदन प्राप्त भएमा बाँडफाँड प्रक्रिया अघि बढ्नेछ। यथेष्ट आवेदन नपरेमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताले आवेदन गरेका रकम फिर्ता पाउने व्यवस्था गरिएको छ।

यस खुलामुखी योजना अन्तर्गत धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले नै निर्वाह गर्नेछ।

प्रतिकृया