• २० असोज २०८३, मंगलबार
  • १०ः३१ राती

फेरि पोखराबाट शर्मिला वाइबा पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार ०६:२६

श्रावण २०,२०८२ काठमाडौं – पोखराबाट आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा मंगलबार पक्राउ परेकी छन्। साइबर ब्युरोको अनुरोधमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

National Life

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट १६ साउनमा जारी भएको पक्राउ पुर्जीका आधारमा वाइबालाई नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध आफ्नै सहकर्मीले दिएको जाहेरीका आधारमा साइबर अपराध मुद्दा दर्ता गरिएको हो।

वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध र कुटपिट मुद्दामा पक्राउ परेकी थिइन्। धरौटीमा रिहा भएकी उनी सामाजिक सञ्जाल तथा युट्युबमार्फत विवादास्पद रूपमा प्रस्तुत हुँदै आएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया