• २१ असोज २०८३, बुधबार
  • २ः३५ राती

तारकेश्वरको वडाध्यक्ष कविराज बस्नेत पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार ०१:०७

श्रावण २०,२०८२ काठमाडौं – काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादसँग सम्बन्धित झडपको घटनामा तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

National Life

महादेव खोला किनारमा संरचना निर्माणको विषयलाई लिएर असार २३ गते दुई पालिकाका स्थानीयबीच झडप भएको थियो। झडपमा केही व्यक्ति घाइते भएका थिए। सो घटनालाई लिएर वडाध्यक्ष बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार मंगलबार बिहान बस्नेतलाई नियन्त्रणमा लिइएको हो। प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दले वडाध्यक्ष बस्नेत आफै प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सहकार्य गरेका जानकारी दिएका छन्। हाल उनलाई बयान लिने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। महादेव खोला किनारको सरकारी जग्गा व्यक्तिगत नाममा पारिएको र त्यसपछि महानगरतर्फबाट पर्खाल लगाएर जमिन मिचिएको आरोपमा लामो समयदेखि विवाद रहँदै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया