जनप्रतिनिधि जनताकै दैलोमा: वालिङका वडा अध्यक्ष कुँवरको जनमुखी सेवा
प्रकाशित मिति
२०८२ श्रावण १९ गते, सोमबार ०४:४६
श्रावण १९, २०८२ काठमाडौं – जनप्रतिनिधिहरूलाई हाल जनताको विश्वास घट्दै गएको सन्दर्भमा वालिङ नगरपालिका–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) भने सकारात्मक उदाहरणका रूपमा उभिएका छन्। बजेट अभाव, चुनावी भाषणको भारी र जनअपेक्षाबीच धेरै जनप्रतिनिधि आलोचनाको घेरामा छन्। कतिपयले योजनामा कमिसन खोज्ने, मनपर्ने व्यक्तिलाई उपभोक्ता समितिमा राख्ने र जनतालाई सेवा दिन झन्झट दिने गरेको आरोप लागिरहँदा, अध्यक्ष कुँवर भने आफ्नै वडामा फरक ढंगले काम गरिरहेका छन्।
साउन महिनामा अधिकांश वडाहरूमा काम सुस्त हुँदा कुँवरले भने सामाजिक सुरक्षा भत्ता, नवीकरण, राष्ट्रिय परिचयपत्र जस्ता नागरिक सेवाहरू लिएर कर्मचारीसहित गाउँ घर -घरमा पुगेका छन्। फुलबारी, हुल्काङ, कपासे, सिर्बानी, ठाना कराडि जस्ता दुर्गम बस्तीमा जनताको घरमै सेवा पु¥याउने उनको प्रयासले स्थानीयलाई खुसी बनाएको छ। स्थानीय वृद्धदेखि युवासम्मले कुँवरको सक्रियतालाई प्रशंसा गरेका छन्। राज्यको सिमित स्रोतसाधनबीच पनि जनताको आवश्यकतामा प्रत्यक्ष रूपमा जुटेर, नियमित रुपमा वडामा उपस्थित भएर सेवाग्राहीको कुरा सुन्ने र समस्या समाधान गर्ने गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार, उनी नेतृत्व गर्नमामात्र होइन सहकार्य र समन्वयमा पनि सजिलो छन्। अहिलेको अवस्थालाई हेर्दा कुँवरजस्ता जनप्रतिनिधिको सक्रियता अरू वडाका लागि पनि अनुकरणीय बन्न सक्छ।









प्रतिकृया