• २३ भदौ २०८३, मंगलबार
  • १२ः४१ दिउँसो

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ११:४३

श्रावण १६ , २०८२ काठमाडौं – गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीलाई कर सहित ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

National Life

क्यापिटलका अनुसार सो अनुपातमा लाभांश वितरण गर्दा कुल ६ करोड ३७ लाख ५० हजार रुपैयाँ वितरण हुने छ। लाभांश वितरणका लागि क्यापिटलले साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअर्थमा साउन २६ गतेसम्म गरिमा समृद्धि योजनाको इकाई खरीद गर्ने लगानीकर्ताहरूले लाभांश प्राप्त गर्नेछन्।

क्यापिटलले लाभांश बापतको रकम इकाईधनीको डिम्याट खातासँग लिंक गरिएको बैंक खातामा सिधै जम्मा गरिने जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया