• ४ साउन २०८३, सोमबार
  • ३:५७ बिहान

खानी खोला हाइड्रोपावरले हकप्रद शेयर ल्याउदै

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ०९:४०

श्रावण १६ , २०८२ काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो भदौ ३ गतेदेखि हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको थियो।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ असार २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको शेयर किनेकाले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

Kamana Sewa

यो कम्पनीको १ कित्ता साधारण शेयर हुनेले नयाँ १ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन आउँदो भदौ ३ गतेदेखि भदौ २३ गतेसम्म दिन सकिनेछ।

Classic Tech Desktop

यस कम्पनीको हकप्रद शेयरका लागि रेटिङ गर्ने संस्था ईक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बी’ रेटिङ दिएको छ यसले समयमै आर्थिक दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।यसमा हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिकृया