• २१ असोज २०८३, बुधबार
  • ३ः११ राती

पुँजी बजार लगातार दोस्रो दिन ओरालो,कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०३:२६

श्रावण  १५, २०८२ काठमाडौं । नेपाली पुँजी बजारमा लगातार दोस्रो दिन पनि उल्लेख्य गिरावट देखिएको छ। बुधबार ४७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार फेरि ३८.४० अंकले घट्दै २,९१५.७३ बिन्दुमा झरेको छ। बजार ओरालो लाग्ने क्रम जारी रहँदा केही लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गर्न थालेका छन्।

National Life

बिहीबार ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ पुगेको छ। आज सबैभन्दा बढी गिरावट वाणिज्य बैंक (१.५५%), जीवन बीमा (१.५५%), इन्भेष्टमेन्ट (१.५८%), हाइड्रोपावर (१.३१%) र होटल तथा पर्यटन समूह (१.०७%) मा देखियो। सेयर मूल्यमा गिरावट भए पनि ५२ कम्पनीको मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ।

आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको सेयरमा भएको छ, जसको कारोबार रकम १ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख र हिमालयन डिष्टिलरीको ६९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ। ट्रेड टावर र नेपाल फाइनान्सका लगानीकर्ताले आज सर्वाधिक ९.९९ प्रतिशत नाफा कमाए। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले ९.९७% र ग्रिन डेभलपमेन्ट बैंकले ९.९२% नाफा दिलाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज सबैभन्दा धेरै घाटा भुगोल इनर्जीका लगानीकर्ताले व्यहोरेका छन्। यस कम्पनीका सेयर मूल्य ७ प्रतिशतले घटेका छन्।पछिल्लो गिरावटले बजारमा चिन्ता बढेको देखिन्छ भने लगानीकर्ताले सावधानीपूर्वक निर्णय लिन थालेका छन्।

प्रतिकृया