• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

दसैँअघि रसुवागढी नाका सञ्चालन गरिने, ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार १०:१७

श्रावण १४, २०८२ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी दसैँअघि रसुवागढी नाका सञ्चालन गरिने जानकारी दिएका छन्। बाढीले क्षति पुर्‍याएको ल्हेन्देखोलामा बेलीब्रिज जडान कार्य सुरु भइसकेको उनले जानकारी दिए।

National Life

मङ्गलबार नुवाकोटमा त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री दाहालले सो जानकारी दिएका हुन्।

गत असार २४ गते ल्हेन्देखोलामा आएको भीषण बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मानिने मितेरी पुल बगाएको थियो। उक्त पुल नष्ट भएपछि रसुवागढी नाका अवरुद्ध भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

“गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका खोल्ने लक्ष्यका साथ सम्बन्धित निकायलाई सक्रिय बनाइएको छ,” मन्त्री दाहालले भने, “रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ।”

उनका अनुसार सडक संरचना मर्मत तथा वैकल्पिक पुल निर्माण कार्यलाई तीव्रता दिइएको छ, जसबाट नेपाली तथा चिनियाँ पक्षबीचको आवागमन सहज हुनेछ भन्ने विश्वास लिइएको छ।

प्रतिकृया