• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० जनाको मृर्गौला प्रत्यारोपण

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०१:३०

श्रावण १३ ,२०८२ काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले असार महिनामा ३० जनाको मृर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। छोटो समयामा यति धेरै संख्यामा मृर्गौला प्रत्यारोपण बिरलै हुने गरेको छ । आर्थिक वर्ष (२०८१/८२) मा मात्र केन्द्रले १८६ जनाको मृर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ। उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशकि अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मृर्गौला प्रत्यारोपण समेत भएको थियो ।उक्त आर्थिक वर्षमै एक जना मस्तिष्क मृत ब्यक्तिबाट प्राप्त एउटा मृर्गौला र कलेजो एकै व्यक्तिमा सफलताका साथ प्रत्यारोपण समेत गरिएको थियो ।

National Life

केन्द्रमा मृर्गौला प्रत्यारोपण भएका बिरामीहरुको उमेर समूह १४ वर्ष देखि ७१ वर्षको सम्मको थिए जसमा १५५ जना (झण्डै ८० प्रतिशत) ग्रहणकर्ताहरुको उमेर समूह २० देखि ४९ वर्षको थिए।

मृर्गौला ग्रहणकर्ता मध्ये १३६ जना पुरुष करीब (७३ प्रतिशत) र ५० जना महिला करीब (27 प्रतिशत) महिला छन भने अंगदाताहरुमा 130 जना महिला (७0 प्रतिशत) र 55 जना पूरुष (30 प्रतिशत) छन जसबाट अंग प्रत्यारोपणमा लैङ्गिक भेदभाव सुधारोन्मुख देखिएता पनि अझै उत्कर्षमा रहेको सिद्द हुन्छ ।
लैङ्गिक अनुसार प्रत्यारोपण अवस्था

Classic Tech Mobile
Classic Tech Desktop

देशको ७ वटा प्रदेशहरूबाट केन्द्रमा उपचार गर्न आएका विरामीहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै 32 प्रतिशत, कोशी प्रदेशबाट 27 प्रतिशत, लुम्बिनी प्रदेशबाट 11 प्रतिशत, गण्डकी प्रदेशबाट १3 प्रतिशत, मधेश प्रदेश बाट 10 प्रतिशत, सुदुर पश्चिम प्रदेशबाट 2 प्रतिशत र कर्णाली प्रदेशबाट 5 प्रतिशत बिरामीहरू केन्द्रमा उपचारको लागि आएका थिए ।

केन्द्रमा देशको विभिन्न भु-भागबाट सबै जातजातीहरु प्रत्यारोपणको लागि आउने गरेका छन् जसमा आदीबासी जनजातीहरु सबैभन्दा धेरै 52 प्रतिशत, ब्रामण क्षेत्री 26 प्रतिशत, मधेशी 11 प्रतिशत, दलित 9 प्रतिशत, मुश्लिम 2 प्रतिशत प्रत्यारोपण भएको छ ।

मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापनाको १३ वर्ष अवधिमा हाल सम्म १४७१ जनाको मृर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइ सकेको छ । नेपाल सरकारको सातवटै प्रदेशमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको यस केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको (बागमती, गण्डकी, कर्णली, लुम्बिनी.) । बाँकी तीन वाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ । तर प्रत्यारोपणको लागि आवश्क विशेषज्ञ जनशक्ति तालिम दिनको लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा भएको छैन भने उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र स्वयंले ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ ।

केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको जग्गा, सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका ८ नं सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा प्राप्ती गर्न गरेको पहल साकार हुन सकेको छैन ।उपयुक्त जग्गा उपलब्ध भएमा केन्द्रले आफ्नै स्रोत साधनबाट भबन बनाई वर्षेनी ५०० जना सम्मको मृर्गौला प्रत्यारोपण र कम्तीमा ५० जनाको कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ जसबाट देशको अरबौ रुपैयाँ बचत हुने समेत देखिन्छ । केन्द्रको आफ्नै एक इन्च भवन नभएको, भक्तपुर अस्पतालको उपलब्ध भवनमा चरम स्थान अभाव भएको र कर्मचारीहरुको न्युनतम पारिश्रमिकताका बाबजुत केन्द्रले देशको दुई तिहाइ प्रत्यारोपण गर्ने गरेको र केन्द्रबाट सञ्चालित सेवा विश्वस्तरीय रहेको कुरा कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउए ।

अंग फेल भएका गरीब नेपालीको ज्यान बचाउनका लागि उपयुक्त जग्गा तत्काल उपलब्ध गराउन र प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन केन्द्रले नेपाल सकारकार सँग बारम्बार ध्यानाकर्षण गर्दै आएको छ ।

प्रतिकृया