• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

आठ दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २३.९३ अंकले घट्यो

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०३:२७

श्रावण ११,२०८२ काठमाडौं । लगातार आठ दिनको वृद्धि पछि आज (आइतबार) शेयर बजारमा करेक्सन देखिएको छ। बजारमा नाफा बुक गर्ने लगानीकर्ताको दबाब बढेसँगै सूचकमा गिरावट आएको हो।

National Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज २३.९३ अंकले घटेर २९५८.८१ बिन्दुमा पुगेको छ। आज ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच भए, जसअनुसार कुल २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ।

यसदिन तीन कम्पनीको शेयरमा सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्वी इनर्जी रहेका छन्। बजार केही दिनदेखि निरन्तर उकालो लागिरहेका बेला आज देखिएको करेक्सनलाई स्वाभाविक र स्वस्थ समायोजनका रूपमा हेरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया