• २३ भदौ २०८३, मंगलबार
  • ८ः१७ राती

इरानको जेलबाट छुटेका पाँच नेपाली स्वदेश फर्काइए

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०१:५५

श्रावण ९,२०८२ काठमाडौं । इरानको जेलमा थुनामा रहेका पाँच नेपाली नागरिकलाई स्वदेश फर्काइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार तेहरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि बिहीबार उनीहरूलाई काठमाडौं ल्याइएको हो।

National Life

उनीहरूको उद्धारमा तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग रहेको मन्त्रालयले जनाएको छ। यद्यपि मन्त्रालयले उनीहरूको नाम सार्वजनिक नगरेको हो। यसअघि पनि इरान–इजरायल द्वन्द्वका क्रममा नौ नेपाली नागरिकलाई तीन चरणमा उद्धार गरी फर्काइएको थियो।

Classic Tech Desktop

प्रतिकृया