• २१ असोज २०८३, बुधबार
  • ४ः२७ बिहान

कक्षा कोठामै शिक्षिका मृत फेला

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०४:१२

श्रावण ५ ,२०८२ काठमाडौं । धनुषाको मिथिला नगरपालिका–८ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको कक्षा कोठामा शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

National Life

३४ वर्षीया मगरले सोही विद्यालयमा बाल विकास कक्षा पढाउँदै आएकी थिइन्। घटनास्थलबाट प्रहरीले सुसाइड नोट बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मगरले मिटरब्याजी जनकपुरधाम–९ का राजकिशोर यादवसँग ऋण लिएकी थिइन्। ऋण चुक्ता गरिसके पनि यादवले ४५ लाख रुपैयाँ बार्गेनिङ गर्दै मानसिक यातना दिएको खुलेको छ।

प्रहरीले यादवलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यादवको घरबाट अन्य व्यक्तिका तमसुक, जग्गाधनी प्रमाणपत्र र चेकहरू समेत बरामद गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया