• २१ असोज २०८३, बुधबार
  • ४ः२७ बिहान

भोटेकोशी बाढी पीडित संरचना पुनर्निर्माणमा चीनको सहयोग, चार परियोजनामा समझदारी

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०३:४२

श्रावण ५  ,२०८२ काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन सियाओदोङ्गबीच अर्थ मन्त्रालयमा भएको भेटवार्तामा चीनले पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको हो।

National Life

सिड्काका अध्यक्ष सियाओदोङ्गले पुनर्निर्माणमा आवश्यक सहयोग र भन्सार प्रक्रिया छिटो गर्न पहल गर्ने बताएका छन्। बाढीपछि नेपाल सरकारले गरेको सक्रिय उद्धार कार्यप्रति उनले धन्यवादसमेत व्यक्त गरे। असार २४ गते आएको बाढीले ६ चिनियाँ नागरिकसहित १९ जनालाई बेपत्ता बनाएको थियो।

भेटवार्तापछि दुई देशबीच चार परियोजनामा समझदारीपत्रमा हस्ताक्षर भएको छ। भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल, रसुवागढी–केरुङ ट्रान्समिसन लाइनलगायतका क्षेत्रमा चीनले सहयोग गर्नेछ। अर्थमन्त्री पौडेलले रसुवा नाकालाई आयात–निर्यात र राजस्वका हिसाबले महत्वपूर्ण बताउँदै पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया