• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार १२:५१

श्रावण ४ ,२०८२ काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ३ बजे नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासल जाँदैछिन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि उनी च्यासल जान लागेकी हुन्।

National Life

भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनः आगमनबारे पार्टीभित्र उठेका बहस समाधान गर्न अध्यक्ष ओली र भण्डारीबीच भेट आवश्यक रहेको सुझाव एमाले पोलिटब्युरोका धेरै सदस्यले दिएका थिए। पोलिटब्युरो बैठकमा प्राप्त सुझावअनुसार अध्यक्ष ओलीले भण्डारीसँग छलफल गर्ने बताएका थिए। यही सिलसिलामा आजको भेटवार्ता हुन लागेको हो।

पार्टीको साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि नै भण्डारीको भूमिकाबारे स्पष्टता ल्याउनुपर्ने दबाबपछि भेट तय भएको हो। आजको छलफलपछि भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणसम्बन्धी विषय टुंगो लाग्ने एमाले स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया