• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

सत्तारुढ एमालेको पोलिटब्युरो बैठक आज बस्दै, यी विषयमा छलफल हुने

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार ०९:२७

श्रावण २ ,२०८२ काठमाडौं । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि गम्भीर छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिएका छन्। यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक समय परिवर्तन गर्दै दिउँसो १ बजेदेखि सुरु हुने तय भएको हो।

National Life

बिहीबार बसेको सचिवालय बैठकले विधान संशोधनको विषयमा प्रारम्भिक छलफल गरेको थियो। उक्त छलफलमा पार्टीको वर्तमान विधानमा उल्लेखित ७० वर्षे उमेर हद र अधिकतम दुई कार्यकालको सिमालगायतका व्यवस्थाहरू हटाउने प्रस्ताव पेस गरिएको थियो। यी प्रावधान हटाएर लचिलो व्यवस्था गर्ने प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका हुन्।

सचिवालय बैठकमा केन्द्रीय पदाधिकारीको संख्या पनि संशोधन गरी १५ जना पुर्‍याउने सहमति भएको बताइएको छ। पौडेलले प्रारम्भमा ११ पदाधिकारीको प्रस्ताव गरे पनि छलफलपछि १५ सदस्यीय बनाउने सहमति जुटेको सचिव भट्टराईले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको पोलिटब्युरो बैठकमा बिहीबारका छलफलहरूलाई नै अगाडि बढाइनेछ। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्र विशेष जिम्मेवारी दिने/नदिने विषयमा पनि बिहीबार नै छलफल सुरु भइसकेको र आजको बैठकमा त्यसबारे थप चर्चा हुने सम्भावना रहेको गौतमले जानकारी दिए। पार्टीको रणनीतिक दिशा तय गर्ने दृष्टिले महत्त्वपूर्ण मानिएको आजको बैठकमा संविधान संशोधनसहित नेतृत्वको भविष्य र संरचना निर्धारण गर्ने विषयहरूमा निर्णायक छलफल हुने अनुमान गरिएको छ।

प्रतिकृया