• १२ असोज २०८३, सोमबार
  • ९ः४१ राती

छुट्ला है ! सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आजसम्म मात्र

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०९:५०

असार ३२,२०८२ काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडद्वारा जारी गरिएको १० वर्षे अवधिको डिबेञ्चर ‘एसबीएल डिबेञ्चर २०९१’ मा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन हो। बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदर सहितको डिबेञ्चर असार २१ गतेदेखि निष्कासनमा ल्याएको हो। प्रतिकित्ता १ हजार रुपैयाँ दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गरिएकोमा, १५ लाख कित्ता व्यक्तिगत तवरबाट निष्कासन गरिनेछ।

National Life

बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ भने ९ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

डिबेञ्चरमा आवेदन दिन बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड (बालुवाटार), सिद्धार्थ बैंकको नक्सालस्थित केन्द्रीय कार्यालय, साथै सी–आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखाहरू र मेरो शेयर अनलाइन प्लेटफर्म प्रयोग गर्न सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया