• १३ असोज २०८३, मंगलबार
  • १ः५१ राती

कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार १०:००

असार ३२,२०८२ काठमाडौं । कास्कीस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्। सवारी चालक अनुमति पत्र शाखाका कार्यालय सहयोगी दीपक पौडेललाई एक सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो।

National Life

पौडेलले अनलाइन फारम भर्ने, लिखित परीक्षा तथा ट्रायल पास गराइदिने प्रलोभन देखाउँदै सेवाग्राहीसँग घुस मागेका थिए। उक्त विषयमा उजुरी परेपछि अख्तियारले निगरानी थालेको थियो।

निगरानीका क्रममा साउन ३१ गते सेवाग्राहीसँग लिएको ७ हजार रुपैयाँ घुससहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। हाल पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया