• १२ असोज २०८३, सोमबार
  • ११ः५० राती

सिमतालबाट मिनी ट्रक त्रिशूलीमा खस्यो

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०९:४३

असार ३२,२०८२  चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन्। मंगलबार राति साढे १० बजेतिर भारतको लखनउबाट काठमाडौँतर्फ मेवा बोकेर आउँदै गरेको यूपी ३२ जेटएन ७८८३ नम्बरको मिनी आइचर ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो।

National Life

दुर्घटनामा ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए।

घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक भारतबाट काठमाडौँतर्फ मेवा बोकेर ल्याउँदै थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया