भगवती न्यौपानेलाई सामान्य प्रशासनमन्त्री बनाउने तयारी
प्रकाशित मिति
२०८२ असार ३१ गते, मंगलवार ०४:२०
असार ३१,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताको राजीनापछि न्यौपानेलाई मन्त्री बनाउने निर्णय गरिएको हो। प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार “न्यौपानेको नाम चाँडै राष्ट्रपतिको कार्यालयमा सिफारिस गरिनेछ”।
तनहुँकी न्यौपाने हाल राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकको भूमिकामा छन्। उनका अनुसार मन्त्रीबारे अनौपचारिक रूपमा सूचना आएको छ भने प्रधानमन्त्रीको सचिवालयबाट पनि बधाई आएको उनले बताइन्।
२०७४ को स्थानीय निर्वाचनमा भानु नगरपालिकाको मेयरमा पराजित भएकी न्यौपाने २०७६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनको नाम मन्त्रीका लागि पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबीचको छलफलपछि अघि सारिएको बुझिएको छ।








प्रतिकृया