नेपाल बैंकद्वारा बीमा दाबी रकम भुक्तानी
प्रकाशित मिति
२०८२ असार ३१ गते, मंगलवार ०२:४३
असार ३१,२०८२ काठमाडौं । बैंक लिमिटेडले सडक दुर्घटनामा परेर मृत्यु भएका मकवानपुर थाहा नगरपालिका–१ बस्ने रघुनन्दन यादवको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । झम्केश्वरी माविका शिक्षक तथा नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेका यादवको गत जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी निधन भएको थियो ।
बैंकले असार २२ गते आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बीमा रकमको चेक श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गरे। पाण्डेयले बैंकले ग्राहकहरूको वित्तीय सुरक्षामा उच्च प्राथमिकता दिँदै आएको उल्लेख गरे। स्व.यादवकी श्रीमती अमिराकुमारीले दुःखको बेलामा बिना कुनै झन्झट नेपाल बैंकबाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताइन् ।
त्यस्तै, नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई काठमाडौं नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरूले एस्थेटिक्स सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने छन्। सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि. का प्रबन्ध निर्देशक डो सु माले हस्ताक्षर गरेका छन्।








प्रतिकृया