• १५ असोज २०८३, बिहीबार
  • ८ः०२ बिहान

कस्तो रह्यो परराष्ट्रमन्त्री डा. आरजु राणाको एक वर्ष कार्यकाल ?

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ११:३२

असार ३१,२०८२ काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कार्यभार सम्हालेको एक वर्ष पुगेको छ। यो अवधिमा उनले नेपालको कूटनीतिक सम्बन्ध सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेकी छन्। भारत, चीन, जापान, क्यानाडा, जर्मनीजस्ता देशहरूसँग द्विपक्षीय भेटवार्तादेखि राष्ट्रसंघ, जी२०, नाम, बिम्सटेकलगायत अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको पक्षमा वकालत गरिन्।

National Life

मन्त्रालयको पुनर्संरचना अन्तर्गत डलास, सानफ्रान्सिस्को र दुबईमा महावाणिज्य दूतावास खोलिएको छ। आर्थिक तथा जलवायु कूटनीतिलाई प्राथमिकता दिँदै ‘आर्थिक कूटनीति महाशाखा’ स्थापना गरिएको छ। सगरमाथा संवादको आयोजना, विपीन जोशीको रिहाइका लागि पहल, इजरायल-इरान युद्धपछिका उद्धार प्रयास, बंगलादेश र भारतमा संकटमा परेका नेपाली विद्यार्थीहरूको सुरक्षा लगायतमा उल्लेखनीय सक्रियता देखाइएकी छिन्।

नेपालको अन्तर्राष्ट्रिय उम्मेदवारीलाई सशक्त बनाउन राष्ट्रसंघमा पैरवी, ‘श्रम संसार एप’ सञ्चालन तथा कूटनीतिक दस्तावेजहरूको डिजिटल अभिलेख प्रणालीको थालनी गरिएको मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया