• २१ असोज २०८३, बुधबार
  • ४ः५३ बिहान

घरजग्गा व्यवसायीलाई राहत, ऋण पुनर्संरचना गर्न दिने

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार ०१:१४

असार २७,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा संलग्न ऋणीहरूलाई राहतस्वरूप ऋण पुनर्संरचना गर्न दिने निर्णय गरेको छ। शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन्।

National Life

नयाँ नीतिअनुसार, घरजग्गा व्यवसायीहरूले ऋण तिर्न नसकेको अवस्थामा, बैंक तथा वित्तीय संस्थाहरूले निश्चित भाखा तोकी पुनर्संरचना गर्न सक्नेछन्। यसले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव र कारोबार सुस्तताको प्रभाव भोगिरहेका व्यवसायीहरूलाई केही सहजता मिल्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले यस निर्णयमार्फत निर्माण तथा रियल इस्टेट क्षेत्रलाई स्थायित्वमा ल्याउन सहयोग पुग्ने विश्वास लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया