• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार ११:१८

असार  २६, २०८२ काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था डिभिजन कार्यालय, पोखराका पूर्व इन्जिनियर झरकबहादुर पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

National Life

पौडेलले आफ्नो सेवा अवधिमा करिब ६ करोड २६ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको प्रमाणित भएको भन्दै आयोगले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।

उनीमाथि सम्पत्ति शुद्धीकरण, झुटा विवरण पेश गर्ने, पदीय हैसियतको दुरुपयोग लगायतका अभियोग लगाइएको छ। त्यस्तै, गैरकानुनी सम्पत्ति पत्नी हुमाकुमारी उपाध्यायको नाममा राखिएको पाइएकोले उनीविरुद्ध पनि अभियोग दायर गरिएको आयोगले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया