• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार ०३:२९

असार २४, २०८२ काठमाडौं । स्रोत नखुलेको आर्थिक कारोबारमा संलग्न रहेको आशंकामा एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जीयान रहेका छन्।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बौद्धको नयाँबस्तीस्थित एक घरमा संलग्न वित्तीय गतिविधिको सूचनाका आधारमा छापा मार्दा उनलाई कारोबारकै क्रममा पक्राउ गरिएको हो। प्रहरीले घटनास्थलबाट एक करोड ४४ लाख रुपैयाँ बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा वाङ स्वयम्भू क्षेत्रमा भाडामा बस्दै आएको र उनको चिनियाँ पासपोर्ट (नम्बर ईजी २२१६१७१) समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया