• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार १०:५५

असार २३  , २०८२ काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन हो।

National Life

नेपाल धितोपत्र बोर्डले जेठ २० गते कम्पनीलाई १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको थियो।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दैछ। जसमध्ये १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बडिगाढ गाउँपालिकाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार १५० कित्ता शेयर निष्कासन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन फाराम बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट तथा कार्यालय, दरमखोला हाईड्रोको वेबसाइट र कार्यालय, साथै नेपाल धितोपत्र बोर्डबाट प्राप्त गर्न सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको गल्कोट शाखा तथा दरमखोला पावरहाउसबाट पनि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

प्रतिकृया