नेपाल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने
प्रकाशित मिति
२०८२ असार २० गते, शुक्रबार १०:२६
असार २०, २०८२ काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १० बराबर ३.४७८३ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर बिक्री गर्न लागेको हो।
कम्पनीले यसअघि जेठ ३० गते बुक क्लोज गरिसकेकोले जेठ २९ गतेसम्म नेप्सेमा शेयर खरीद गरेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन २६ गते तोकिएको छ।
शेयरधनीले एनआइएमबि एस क्यापिटलको विभिन्न शाखा कार्यालय, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।
कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पूँजी वृद्धि गर्न हकप्रद निष्कासन गर्न लागेको हो। हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।








प्रतिकृया