• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०३:०१

असार १८, २०८२ काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको दरमखोला हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा ११ करोड ७५ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

National Life

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज (असार १८ गते) बिहान ५:०६ बजेसम्म ५८ हजार ७९७ जना आवेदकले कुल ११ लाख ७५ हजार २० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो कम्पनीले निष्कासन गरेको सेयर संख्याको तुलनामा करिब ४.०२ गुणा बढी माग हो।

दरमखोलाले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि २ लाख ९१ हजार १५० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो। यस सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद असार २३ गतेसम्म तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशमा रहेका नेपालीहरूले सी–आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिकृया