• ४ साउन २०८३, सोमबार
  • ३:०२ बिहान

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०३:४३

असार १७, २०८२ काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा आचरणको छानबिन गर्दै निलम्बन गरेको छ। सीमा विवादको सन्दर्भमा कम्बोडियाली नेतासँग गरिएको फोनवार्ता र सेनाबारे अभिव्यक्तिप्रति विरोधपछि अदालतले ७–२ को बहुमतले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

पेटोङटार्नको फेउ थाई पार्टीबाट गठबन्धन साझेदार अलगिएपछि विरोध चर्किएको छ। यता, उनका पिता र पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा शाही मानहानिको अभियोगमा अदालतमा उपस्थित भएका छन्। विश्लेषकहरूले सिनावात्रा परिवार गम्भीर राजनीतिक संकटमा परेको टिप्पणी गरेका छन्।

Kamana Sewa

प्रतिकृया