• ३ असोज २०८३, शनिबार
  • १ः१४ दिउँसो

हत्कडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

प्रकाशित मिति

२०८२ असार १५ गते, आईतवार ०६:०४

असार १५ , २०८२ काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट एक थुनुवा हत्कडीसहित फरार भएका छन्। फरार हुने व्यक्ति पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं गोंगबु बसोबास गर्दै आएका २१ वर्षीय निराजनजंग ठकुरी उर्फ दशरथ शाही हुन्। उनी चोरी अभियोगमा पक्राउ परेका थिए।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार, शाही आइतबार थुनछेक बहसका लागि अदालतमा उपस्थित गरिएका थिए। अदालतको नम्बर ४ इजलासमा बहस चलिरहेको बेला उनले पिसाब लाग्यो भन्दै ट्वाइलेट जान अनुरोध गरेका थिए। त्यसकै निहुँमा उनी हत्कडीसहित फरार भएको प्रहरीको भनाइ छ।

शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरी अदालतमा पेश गरेको थियो। हाल उनलाई खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया