• २१ असोज २०८३, बुधबार
  • ५ः२७ बिहान

आलमको सफाइमा संलग्न न्यायाधीशहरूमाथि थप उजुरी दर्ता

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार ०६:०१

असार ९ , २०८२ काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई बम काण्डमा सफाइ दिने उच्च अदालत जनकपुरका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्मा थप उजुरी परेको छ। उजुरी शैलेन्द्र शाहले दर्ता गराएका हुन्, जो उक्त घटनाका प्रत्यक्षदर्शी साक्षीसमेत हुन्।

National Life

शाहले फैसलामा बदनियत रहेको आरोप लगाउँदै सम्बन्धित न्यायाधीशहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन्। उनका अनुसार, आलमलाई उन्मुक्ति दिने उद्देश्यले नै सुनुवाइको प्रक्रियाबाटै प्रश्न उठ्ने गरी फैसला गरिएको हो। शाहले उजुरीमा उल्लेख गरेका छन् कि— डा. थारूको इजलासमा मुद्दा नपरेसम्म सुनुवाइ नै अघि बढाइएको थिएन, दोस्रो नम्बरमा रहेको मुद्दालाई प्राथमिकतामा राखेर करिब चार घण्टाभित्र फैसला सुनाइएको थियो।

उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको रौतहटको गौरमा दिएको अभिव्यक्ति– “आलमलाई जसरी पनि निकाल्छु”– लाई स्मरण गर्दै उक्त निर्णय राजनीतिक दबाबमा आएको आशंका व्यक्त गरेका छन्। शाहले कानुनमन्त्री अजयकुमार चौरसिया र फैसलामा संलग्न न्यायाधीशहरूबीचको ‘कल डिटेल रेकर्ड’ माग गरेर छानबिन गर्न समेत न्यायपरिषद्लाई आग्रह गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

विसं २०६४ को संविधानसभा निर्वाचनमा शाह आलमविरुद्ध एमालेको तर्फबाट उम्मेदवार थिए र उनले जिल्ला अदालतमा मुद्दाको दौरान सरकारी साक्षीका रूपमा बकपत्र दिएका थिए। यसअघि पनि आलमको सफाइसम्बन्धी फैसला विवादमा तानिएको थियो। यो पछिल्लो उजुरीसँगै मुद्दा अझै जटिल मोडतिर उन्मुख भएको छ।

प्रतिकृया