• २१ असोज २०८३, बुधबार
  • ५ः४४ बिहान

अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार ०२:१५

असार ३, २०८२ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

National Life

आयोगले गौतमले २०५५ देखि २०७९ सालसम्म सार्बजनिक पद धारण गरेको अवधिमा वैध आय भन्दा बढी २ करोड ५१ लाख ७८ हजार ६८७ सम्पति आर्जन गरेको देखिएकोले बुधबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर  गरेको जनाएको छ ।

साथै अख्तियारले गौतमले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती सरला नेपालका नाममा खरिद गरी राखेको भेटिएकोले प्रचलित कानून बमोजिम सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सरला नेपाललाई पनि प्रतिवादी बनाइएको जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया