• २१ असोज २०८३, बुधबार
  • ५ः४४ बिहान

ओलीमा आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्ने चतुर्याई प्रवृत्ति छ- भीम रावल

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार १०:१८

असार ३, २०८२ काठमाडौं । नेकपा एमालेका पुर्व नेता भीम रावलले केपी शर्मा ओलीमा चतुर्याई प्रवृत्ति रहेको उल्लेख गरेका छन् ।

National Life

सामाजिक सञ्जालमा नेता रावलले ओलीले आफुलाई पछिल्लो दिनमा कैयौं आरोप लगाएको उल्लेख गर्दै ति आरोप आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्न कसैतर्फ औंल्याएर चोखो देखिने चतुर्याई प्रवृत्ति ओलीमा रहेको बताएका हुन्  ।    

उनले जनता र पार्टीको हित प्रतिकूल तथा एमालेको सिद्धान्त, नीति, कार्यक्रम, मूल्य र मान्यता विपरीत ओलीका अनेकौं विचार, व्यवहार र प्रवृत्ति सबैले थाहा पाउने गरी छताछुल्ल भएको समेत उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भनेका छन्, केही दिन अघि दक्षिणपन्थी देउवा – महन्थ – सीके गठबन्धनका प्रधानमन्त्री तथा बामालेका “झोले” अध्यक्ष के.पी. ओलीबाट विद्यार्थीको एउटा कार्यक्रममा मेरो विरुद्ध पार्टी प्रति कहिल्यै “पजिटिभ” नभएको, पार्टीको “समर्थन” नगर्ने र “ढुङ्गा” हान्ने “अराजक ”, “ फाइदा र पद खोज्ने” भनी दिइएका अभिव्यक्तिबारे विगतमा म लगायत कसले के गरेछ र के भएछ भनी एक हप्ता गम्भीर अध्ययन गरें ।

“झोले” प्रधानमन्त्रीबाट मेरो विरुद्ध लगाइएका आरोप हास्यास्पद, झुटा, सत्ता उन्मादी र विद्वेषपूर्ण देखिए । मलाई लगाइएका आरोप यथार्थमा ओली स्वयंको जीवन चरित्र, व्यवहार र प्रवत्तिलाई झल्काउने रहेछन् । देश, जनता र पार्टीको हित प्रतिकूल तथा एमालेको सिद्धान्त, नीति, कार्यक्रम, मूल्य र मान्यता विपरीत ओलीका अनेकौं विचार, व्यवहार र प्रवृत्ति सबैले थाहा पाउने गरी छताछुल्ल भएकै रहेछन् । आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्न त्यस्ता कुरा आफुले गर्दै नगर्ने भनेर वा अरु कसैतर्फ औंल्याएर चोखो देखिने चतुर्याई प्रवृत्ति ओलीमा रहेको अनेक तथ्य र घटनाले प्रष्ट पार्दै आएका पनि छन् । मेरो बारेमा ओलीका आरोपहरु पनि उक्त चतुऱ्याइकै उपज हुन् ।

मैले गत पुष महिनामा नै ओलीका देश, जनता, नेपालको संविधान तथा एमालेको सिद्धान्त, कार्यक्रम र मान्यता विरोधी क्रियाकलाप, विचार र प्रवृत्तिको बारेमा तथ्यगत किसिमले विस्तृत रुपमा स्पष्ट गरेको थिएँ । मैले अघि सारेका कुनै तथ्यको खण्डन र उठाएका प्रश्नको जवाफ “ झोले” हरुले आजसम्म दिनसकेको छैन । तरपनि “झोले” अध्यक्षद्वारा सार्वजनिक कार्यक्रम मार्फत तथ्यमा पुनः प्रकाश पार्न मलाई झक्झक्याइएकोले केही ज्वलन्त तथ्यको चर्चा क्रमशः हुने नै छ ।

प्रतिकृया