• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति,यस्तो छ सहमति

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार ०४:०४

काठमाडौं । अवरोध रहेको प्रतिनिधि सभा अन्त्य गरी बैठक सुचारु गर्न तीन ठूला दलहरूबीच सहमति भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच जेठ २० गतेबाट दिनानुदिन अवरुद्ध हुँदै आएको बैठक सुचारू गर्न दुई बुँदे सहमति भएको हो ।

National Life

उक्त सहमति पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति

Classic Tech Mobile
Classic Tech Desktop

१.भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

    २.अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।

    प्रतिकृया