• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

सूचना संप्रेषणमा मिडिया विश्वसनीय हुनुपर्छ : परराष्ट्रमन्त्री

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार १२:४६

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादलाई “धम्की” भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाएकी छन्।

National Life

टेलिफोन संवादसम्बन्धी समाचारहरूलाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भ्रामक प्रस्तुतीकरणप्रति आश्चर्य प्रकट गरेकी हुन्।

शुक्रबार एक प्रेस नोट जारी गर्दै मन्त्री राणाले मिडियाले आफ्नो जिम्मेवारी र विश्वसनीयता गुमाउन नहुने बताइन्। लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएको उल्लेख गर्दै उनले मिडियाले व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति पनि उत्तरदायी हुनुपर्ने धारणा राखिन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भनेकी छन्

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित  सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो । उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।

उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ । बरु मैले म आफु नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढि संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा  राम्ररी थाहा छ । तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पिडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणारुलाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद हो ।

प्रतिकृया