• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कार्यकक्षमै पुगेर मोसो प्रहार

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०५:३५

काठमाडौं । उच्च अदालत वीरगञ्जका न्यायाधीश डा। खुसीराम थारुलाई मोसो दलिएको छ। आज ९बिहीबार० नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा। खुसीराम थारुलाई मोसो दलेका हुन्।

National Life

उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन्। मोसो प्रहार गरे लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोसो दल्दै उनीहरुले भनेका छन्, ‘नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला गर्ने एवं नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छ।’

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया