• २१ जेठ २०८३, बिहीबार
  • १०:०२ बिहान

अस्पतालको होस्टेलमा खसेको थियो विमान

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०५:१९

अहमदाबाद । अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान सिभिल अस्पताल होस्टेलको भवनमा ठोक्किएको खुलेको छ। त्यतिबेला होस्टेलमा ५० देखि ६० जना इन्टर्न डाक्टरहरू थिए। सबैजना खाना खाइरहेका थिए।

दैनिक भास्करका अनुसार आफ्नो संवाददाता घटनास्थलमा पुग्दा त्यहाँबाट छ जनाको शव निकालिएको पुष्टि भएको जानकारी दिएका छन्। यद्पि शव कसको भन्ने खुलेको छैन । विमानमा लागेको आगोबाट निस्केको धुवाँका कारण होस्टेलको भवन पूर्ण रूपमा कालो भएको छ। जताततै भग्नावशेष मात्र देखिएको थियो।

Kamana Sewa

एयर इन्डियाको विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन गेटविक जाँदै थियो। २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १स्३८ बजे अहमदाबादबाट उडेको थियो।

Classic Tech Desktop

यो विमान बोइङ ७८७(८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

प्रतिकृया