• ३ असोज २०८३, शनिबार
  • ४ः०४ बेलुका

आज बढ्यो नेप्से परिसूचक

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार ०३:३२

काठमाडौं । लामो समयदेखि साइडवेजमा रहेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  बढेकाे छ ।

National Life

आज नेप्से २७  दशमलव २९ अङ्क अर्थात् १ दशमलव ०३ प्रतिशतले बढेर दुई हजार ६५७ दशमलव १९ विन्दुमा कायम भएको हाे ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर  ७८ हजार ४८४ पटक किनबेच हुँदा  ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३ सय १९ दशमलव ६२ मा किनबेच भएकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

६२ करोड २८ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर परेका छन् ।

प्रतिकृया