• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार ०१:४८

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी हो ।

National Life

नेपाली टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उनीहरूसँग अख्तियारले ३३ करोड रुपैयाँ बिगो मागदाबी गरेको सूचना अधिकारी रेग्मीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारले टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गरेको छ । यो मुद्दामा पहाडीसहितको सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरीलगायतको टोली रहेको छ ।

अख्तियारको दाबीमा प्रतिस्पर्धाविना ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा अनियमितता देखिएको हो । टेलिकममा बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको थियो । टेलिकम सञ्चालक समितिले २४ पुस २०७९ मा एसिया इन्फो कम्पनीसँग चार बर्षका लागि मर्मतसम्भार सम्झौता गरेको थियो ।

त्यतिबेला एसिया इन्फो नामक कम्पनीले बार्षिक ६५ करोड रुपैयाँका दरले पाँच बर्ढासम्म ३ अर्ब रुपैयाँ बढी भुक्तानी पाउने अवस्था थियो । एकजना व्यक्तिले अर्को व्यक्तिलाई टेलिफोन गर्दा बिलिङ प्रणालीबाट नै सम्पर्क स्थापित हुन्छ । त्यसैले, पर्याप्त ब्यालेन्स नहुँदा त्यही बिलिङ प्रणालीले अर्को व्यक्तिसँग फोन नलाग्ने हुन्छ । त्यसैले, यो महत्वपूर्ण ठेक्कामा नै भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

प्रतिकृया